काठमाडौँ । सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी० थप एक जनालाई पक्राउ परेको छ ।
६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पाल्पा घर भएका गणेश पौडेललाई पक्राउ गरेको हो ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक सु बरामद गरेको थियो । उक्त सुन पछि गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो । पौडेलसहित सुन प्रकरणमा पक्राउ पर्नेका सङ्ख्या २४ पुगेको छ ।
प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १ : १५ बजे
प्रतिक्रिया