हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

सुनकाण्डमा अनावश्यक ‘टर्चर’ दिइएको भन्दै भन्सारका कर्मचारीले मागे सामूहिक सरुवा

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् कर्मचारीहरूले काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् ।

भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले विभागसमक्ष सरुवा मागेका हुन् ।

पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुस्ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूको गुनासो छ ।

आफूहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने गरिएको उनीहरुको गुनासो छ ।

अनुसन्धानका नाममा अनावश्यक टर्चर दिइएको भन्दै कर्मचारीहरुले कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पूरा गर्न मनोवैज्ञानिक त्रास उत्पन्न भएकाले सरुवा मिलाइदिन कर्मचारीहरुले आग्रह गरेका छन् । 

‘स्वयं हामी तथा हाम्रा घर, परिवार कुन मानसिक तनावबाट गुज्रिरहेका छौं त्यो कसैले कल्पना गर्न सक्दैन । बिनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको छ । हामीसँग सरोकार राख्ने विभिन्न निकायले हामीप्रति हेर्ने दृष्टिकोण समेत पूर्ण रुपमा नकारात्मक हुदैँ गएको छ,’ कर्मचारीहरुले भन्सार विभागलाई लेखेको पत्रमा भनिएको छ ।

साथै, आफ्नो मागको उचित सम्बोधन नभए कार्यालयको नियमित कार्य सम्पादन प्रभावित हुनसक्नेसमेत उनीहरुको चेतावनी छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १ : ०८ बजे