हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

एसिया कपको उद्घाटनमा गायिका त्रिशला गुरुङले प्रस्तुति दिने

काठमाडौं । एसिया कप क्रिकेट आज बुधबार देखि सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले इतिहासमै पहिलो पटक विश्व च्याम्पियन टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको हो । ओडिआई क्रिकेट वरीयतामा शीर्ष स्थानको पाकिस्तान र नेपालबीचको खेल दिउँसो ३ः१५ बजे मुल्तान क्रिकेट रंगशालामा सुरु हुनेछ ।

त्यसअघि २ बजेतिर नेपाली गायिका डा. त्रिशला गुरुङ र पाकिस्तानी गायिका ऐमा बाइगले प्रस्तुति दिनेछन् । गुरुङ त्यसका लागि पाकिस्तान प्रस्थान गरिसकेकी छन् । उनीहरुले मुल्तान क्रिकेट रंगशालामा प्रस्तुति गर्ने भएका हुन् । उनीहरुले राष्ट्रिय गानलगायतको प्रस्तुति दिने जनाइएको छ ।

पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यु गर्दैछ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक विश्व नम्बर एक टिमसँग खेल्न लागेको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १२ : ४५ बजे