पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते  

पाल्पा । पाल्पाको जोर्ते दुर्घटना तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । 

तम्घासबाट बुटवलका लागि छुटेको लु१ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान रिब्दीकोट गाउँपालिका—२ जोर्तेमा ढुङ्गासहितको खसेको पहिरोले स्कारर्पियो पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते आठ जनाको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा स्थानीय र प्रहरीसहितको टोली उद्धार गरेका छन् । सुख्खा पहिरोले स्कार्पियो च्यापिएर सडकको छेउमा रहेको छ ।  

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १० : १५ बजे