‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमसीसी सम्झौता आजदेखि औपचारिक रूपमा कार्यान्वयनको तयारी

काठमाडौँ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आउने भएको छ । 

एमसीसी परियोजना औपचारिक कार्यान्वयनको घोषणा गर्न उपाध्यक्ष क्यामरुन एलफोर्ड मङ्गलवार नेपाल आउनुभएको छ।  

करिब ७० करोड डलरको एमसीसी परियोजनाको आज उद्घाटन गर्ने कार्यक्रम छ । तीन दिने नेपाल बसाइँका क्रममा क्यामरुनले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित अन्य परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रहरूको पनि भ्रमण गर्ने बुझिएको छ ।

अर्थ मन्त्रालयमा आज औपचारिक सुरुवात हुने एमसीसी सम्झौता पाँच वर्षमा परियोजना सम्पन्न गर्ने गरी कार्यान्वयनमा जाने समय यही भदौ १३ गते तोकिएको छ । सो अवधिमा काम पूरा नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्नु पर्नेछ । 

एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन र १२ मिटर चौडा ७७ किलोमिटरको स्तरोन्नति गर्ने योजना रहेको छ । अमेरिकाले सो परियोजनाका लागि ५० करोड डलर सहयोग दिने छ भने नेपालले १३ करोड डलरको योगदान गर्नुपर्ने छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : ४६ बजे