मन्थली विमानस्थलमा पानी पस्यो

एमसीसीका उपाध्यक्ष एलफोर्ड नेपालमा

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइग्नु भएको छ ।

नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जानु एक दिनअघि उहाँ नेपाल आइपुग्नु भएको हो ।

सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ अर्थात् भोलि बुधबार रहेको छ । सम्झौता अनुसार अब २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नुपर्ने हुन्छ ।

त्यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा एमसीसीका सम्झौता कार्य–सञ्चालन सम्बन्धी उपाध्यक्ष एलफोर्ड काठमाडौं आउनु भएको हो ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ५ : ४४ बजे