साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

नेपालै हाम्रो नेपालै राम्रो

यहि हाे राम्रो धराकाे साैगात साँचेर राखाैंला
यहि हाे हाम्रा पुर्खाको थलाे मिलेर बसौंला
हेर त हिमाल उत्तरतिर आकाश नै छोएको
काखमा पर्वत, तराई र मधेस लिएर हाँसेकाे

अथाह फुल फुल्दछन् यहाँ छन् फल फलेका
मयुर, याक, डाँफे र मुनाल छन् नाचिरहेका
खोला र नाला, नदि र छाँगा छन् कुर्लिरहेका
हरिया बन, गहुँ, मकै, धान छन्  झुलिरहेका

बस्दछन् संगै हिन्दु र जैन, बौद्ध र ईस्लाम
प्रकृतिपुजक, सिख र ईसाई, बोन र सामन
यहि त हो नि चिनारी हाम्रो असाध्य उन्नत
जमेर बस्ने सब जाति संगै नेपाली विशेषता 

धार्मिक सद्भाव सुदृढ थियो जातीय एकता 
अपार थियो आपसी माया अनुपम मित्रता
कुन अधम छिर्यो भेट्टाई छिद्र उधुम मच्चाछ
अजर हाम्रो सबल साइनो टुटाउन खोज्याछ 

फेरिन्न कतै हाम्रो यो नाम चिनामा लेखेको
मेटिन्न कसै भावीले माथमा छैटीमा लेखेको 
खोसिन्न कतै हाम्रो यो बास पुर्खाले रोजेको
च्यातिन्न कतै हरको कपास पसिना सोसेको  

आऊ हरेक साथी अँगालो मारी रमेर बसौंला
छोपेर भल विकासको यहीं चयनले बाँचौंला
धकेली परै अविनीत शत्रु देश शान्त पाराैंला
सहिष्णु बनि सबैका साथ गाऊँला नाचाैंला

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  २ : ५५ बजे