साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

अमेरिकाको विभिन्न सहरमा ‘बगान’

काठमाडौँ । नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्त राज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ । नेपालमा यस वर्षको वैशाख १ गते प्रदर्शन भएको फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा अप्रत्याशित रुपमा १७ करोडमाथिको कमाई गर्‍यो । त्यसपछि सबै भन्दा बढी कमाई गर्ने दोस्रो नम्बरमा रहेको चलचित्र ‘बगान’ को अमेरिका प्रदर्शनमा गीतकार तथा निर्माता सुरेश वाग्ले, निर्देशक सरोज खनाल र अभिनेत्री प्रमिला कार्की सहभागी भइरहेका छन् ।

अगस्टको अन्तिम साता देखि प्रदर्शन सुरु गरिएको चलचित्र अधिकांश सहरमा देखाइने गीतकार वाग्लेले जानकारी दिए । उनले भने,‘हामीले अधिकांश सहरमा प्रदर्शन तय गरिसकेका छौँ । नेपाल झैँ यहाँ पनि विभिन्न शोमा पुगेर दर्शक प्रतिक्रिया लिने छौँ ।’ चलचित्रको टिमले नेपालमा दर्शकमार्फत सकारात्मक प्रतिक्रिया बटुलेको थियो । फिल्म हेर्ने एकल महिला तथा आमाले आफ्नो कथा पर्दामा देखिएको भन्दै आँसु बगाएका थिएँ ।

उनका अनुसार चलचित्र ‘बगान’ ओहायोको फिल्ड र नर्थ क्यारोलिनाको ग्रीन्सबोरोमा अगस्ट ३१ सम्म हलमा प्रदर्शनरत छ । भर्जिनियामा सेप्टेम्बर १०, कोलोराडोमा सेप्टेम्बर १७, चार्लोटमा सेप्टेम्बर २४ र नेवार्क डेलावेयरमा अक्टोबर १ मा प्रदर्शन तय भएको छ । यस्तै, टोरोन्टो क्यानडामा सेप्टेम्बर २ मा प्रदर्शन हुँदै छ । यसबाहेक न्युयोर्क, डालास, ह्युस्टन, अस्टिन, लस एञ्जल्स, क्यालिफोर्निया, ह्यारिसवर्ग, एटलान्टा लगायतका सहरमा समेत छिटै प्रदर्शन हुने गीतकार वाग्लेले जानकारी दिए ।

अभिनयमा तीन दशकदेखि सक्रिय अभिनेता सरोज खनालले निर्देशन गर्नुभएको फिल्मले एकल महिलाको कथालाई उठाएको छ । सरोज खनालसहित करिश्मा मानन्धर, प्रमिला कार्की, नीर शाह, आकाश श्रेष्ठ, मिथिला शर्माको फिल्ममा अभिनय छ । यसै फिल्ममार्फत अभिनयमा डेब्यु गर्नुभएकी अभिनेत्री कार्कीले सर्वत्र प्रशंसा बटुलेकी छिन् ।

‘नेपालमा पाइरहेको प्रतिक्रियाले विदेशमा कहिले प्रदर्शन हुन्छ भन्ने धेरै जिज्ञासा अईरहेको थियो । अहिले हामीले सोही अनुसार प्रदर्शन तय गरिरहेका छौँ’, गीतकार वाग्लेले भने । उनले अमेरिकाका केही स्थानमा वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टसँगको सहकार्यमा समेत प्रदर्शन गरिने जानकारी दिए ।

स्वप्निल नीरवको कथामा आधारित रहेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशङ्कर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायाङ्कन, सन्देश शाहको सम्पादन, समीर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्सन रहेको छ ।

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुसालको सङ्गीत रहेको चलचित्रका गीतमा अन्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  २ : १८ बजे