हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

महासंघका महाप्रबन्धक सुब्बालाई मेची सहकारीले गर्यो सम्मान 

झापा । राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बालाई झापाको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्व.गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट सम्मान गरेको छ ।

मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २७ औं बार्षिकोत्सव तथा २९ औं साधारणसभाको अवसरमा मंगलबार महाप्रबन्धक सुब्बालाई २६ हजार राशी रहेको सो पुरस्कारबाट पुरस्कृत गरेको हो । पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले सुब्बालाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए । 

नेपालको सहकारी अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र सहकारी अभियन्ताहरुलाई सहकारी क्षेत्रमा लाग्न अभिप्रेरित गर्र्नेे उद्देश्यले सहकारीमा २५ बर्ष भोगाई र अनुभुति नामक पुस्तक तथा सहकारी सम्बन्धी विभिन्न लेख, रचनासमेत प्रकाशन गरी सहकारी क्षेत्रलाई अभिभावकत्व प्रदान गरेकाले संस्थाले सुब्बालाई सम्मान गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।

पाँचथर जिल्ला याङनामकी सुब्बा २०५३ सालमा राष्ट्रिय सहकारी महासंघमा लेखापालको रुपमा प्रवेश गरेसँगै सहकारी अभियानमा जोडिएकी हुन् । त्यसपछि उनी निरन्तर रुपमा सहकारी अभियानमा सक्रिय रहेकी छन् । उनी जापान, सिंगापुर, थाइल्यान्ड, बेलायत, जर्मनी, अमेरिका, इटाली, ब्राजिल, बेल्जियम, फ्रान्सलगायत १९ वटा मुलुकहरुमा आयोजना भएका सहकारीसम्बन्धी तालिम तथा गोष्ठीहरुमा सहभागी भएकी छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  २ : १२ बजे