काठमाडौँ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) भोलिदेखि औपचारिक रुपमा कार्यान्वयनमा जाने भएको छ । एमसीसी परियोजना औपचारिक कार्यान्वयनको घोषणा गर्न उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज नेपाल आउँदै हुनुहुन्छ ।
नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उहाँ आज अपरान्ह नेपाल आउन लाग्नुभएको हो ।
करीब ७० करोड डलरको एमसीसी परियोजनाको भोलि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । तीन दिने नेपाल बसाइँका क्रममा क्यामरले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित अन्य परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रहरुको पनि भ्रमण गर्ने बुझिएको छ ।
भोलि अर्थ मन्त्रालयमा औपचारिक सुरुवात हुने एमसीसी २०८५ भदौ १२ गते सम्पन्न भइसक्नु पर्नेछ । सो अवधिमा काम पूरा नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्नु पर्नेछ ।
एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिरट विद्युत् प्रसारण लाइन र १२ मिटर चौडा ७७ किलोमिटरको स्तरोन्नती गर्ने योजना रहेको छ ।
अमेरिकाले सो परियोजनाका लागि ५० करोड डलर सहयोग दिने छ भने नेपालले १३ करोड डलरको योगदान गर्नुपर्ने छ ।
प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार १ : १२ बजे
प्रतिक्रिया