हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

टिपरको ठक्करबाट चिकित्सक यादवको मृत्यु

झापा । मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उहाँको आज बिहान पूर्व–पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो । 

डा यादव सवार प्र १–०२–०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को ट्रिपरले ठक्कर दिँदा उहाँ घाइते हुनुभए पछि मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत हुनुहुन्थ्यो । घर पुगेर हस्पिटलको ड्यिुटीमा फर्कने क्रममा उहाँ दुर्घटनामा पर्नुभएको हो ।
 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १ : ०४ बजे