हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

शल्यक्रिया गर्दा मिर्गाैला झिकेपछि बिरामीको मृत्यु

धनगढी – कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रिया गर्न आएका बिरामीको मिर्गाैला झिकेपछि ज्यान गएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। 

पत्थरी झिक्न अपरेसन गर्ने क्रममा अत्यधिक रक्तस्राव भएको थियो। पारिवारिक स्रोतका अनुसार चिकित्सकले मिर्गौला फाल्नुपर्ने बताएको र त्यसपछि फेरि अपरेसन गरिएको थियो।

चौधरी पत्थरीको शल्यक्रियाका लागि शनिवार बिहान स्वस्तिक अस्पतालमा भर्ना भएका थिए।

शनिबार दिउसो डेढ बजे शल्यक्रिया गर्ने कोठामा उनलाई लगियो। चिकित्सक जोनेश तिवारीले उनको पत्थरीको शल्यक्रिया गरे।

शल्यक्रिया गरेको करिब १ घण्टापछि पेट फुल्दै छ र धेरै दुख्न थाल्यो भनेर बिरामीले भन्न थाले। आफन्तले बिरामीको पेट सुनिन थालेको र दुखाई बढेको भनेपछि नर्सले दुखाई कम हुने इन्जेक्सन लगाईदिईन्। बिरामीको अवस्था बिग्रँदै गयो। तर शल्यक्रिया गर्ने चिकित्सक आएनन्। ७ बजे चौधरी बेहोस भए। बिरामीको अवस्था बिग्रँदा पनि समयमै चिकित्सक नआएर ढिलो आएको आफन्तको भनाई छ।

साँझ ८ बजे आएका चिकित्सकले सिरिन्ज बाट पेटभित्र भरिएको रगत झिक्ने प्रयास गरे। पत्थरीको शल्यक्रिया गर्दा भएको लापरबाहीले मिर्गाैलाबाट भएको व्यापक रक्तश्राव नरोकिएपछि राती १२ बजेतिर डाक्टरले मिर्गाैला नै झिक्ने निधो गरे।

‘राती १२ बजे आएर डाक्टरले बिरामीको ज्यान बचाउन किड्नी झिक्नु पर्छ भन्नु भयो’ मृतकका छोरा बुद्धिराम चौधरीले भन्नुभयो, ‘बुवाको ज्यान नै नबाच्ने भएपछि मिर्गाैला झिकेर हुन्छ भने पनि हामीले ठिकै छ भन्यौँ’।

आइतबार बिहान २ बजे डाक्टर फेरी आएर किड्नी देखाउँदै शल्यक्रिया सफल भएको बताए। तर शल्यक्रिया पछि बुबा राखेको ठाउँमा जान नदिएको उहाँले बताउनु भयो ।

लापरबाही गरेर बुबालाई मार्ने चिकित्सक तिवारीलाई कारबाही हुनुपर्ने आफन्तको माग छ।

स्वस्तिक अस्पतालले सोमबार बिहान साढे ९ बजे चौधरीको मृत्यु भएको बताएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ५ : २२ बजे