हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

लमजुङका डेढ दर्जनले नेपाली नागरिकता त्यागे

लमजुङ । लमजुङ स्थायी घर भई जागिरको सिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरिकले नागरिकता त्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरिकता लिएका मध्ये १८ जनाले नेपाली नागरिकता त्याग गरेका हुन् ।

जिल्लामा २०७७ /२०७८ सालमा सबैभन्दा धेरै नागरिकता त्याग्नेको संख्या रहेको पाइएको छ । उक्त समयमा पाँच-पाँच जनाले नागरिकता त्यागेका छन् । त्यसै गरी जिल्लामा २०७३ सालमा २ जना, ०७५ सालमा एक जना, ०७९ सालमा २ जना र ८० सालको हाल सम्म ३ जनाले नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रले जानकारी दिए ।

अन्य देशको नागरिकता लिनका लागि नेपाली नागरिकता अनिवार्य त्याग्नु पर्ने भएकोले नेपालीहरुले नेपाली नागरिकता त्याग गर्ने पाइएको जिप्रकाका सूचना अधिकारी मिश्रको भनाई छ ।

लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरूले पनि नागरिकता त्याग गरेको उनले बताए । त्यसै गरी जिल्लाबाट नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष ०७९/०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

गतवर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचन अधिकारी  मिश्रले बताए । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ५ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सो बाहेक ७ हजार ५ सय ५८ जनाले वंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई वैवाहिक अंगिकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

त्यसैगरी गत आर्थिक वर्ष ०७९/०८० मा तीन सय नाबालक परिचयपत्र वितरण गरिएको छ । गत वर्ष नै २३ हजार ७ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको सूचना अधिकारी मिश्रले जानकारी दिए । 

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  १२ : ३० बजे