‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

गण्डकी ।  कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । 

गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुमार कासुलाले जानकारी दिनुभयो ।

जिल्लामा पछिल्ला तीन वर्षमध्ये आव २०७७/७८, २०७८/७९ र २०७९/८० मा क्रमशः १६ हजार ८१, २१ हजार २५४ र २८ हजार नौ सय ४४  बिरामीले बहिरङ्ग सेवाअन्तर्गत आयुर्वेदिक उपचार सेवा लिएका छन् । 

यस उपचार सेवाका अतिरिक्त मातृ शिशु सुरक्षार्थ पोषण, ज्येष्ठ नागरिक आरोग्य सेवा, विद्यालय आयुर्वेद तथा योग शिक्षा, पञ्चकर्मरपूर्वकर्म, क्षारसुत्र सेवा, प्रयोगशाला सेवा आदिका माध्यमबाट सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

अन्य उपचारभन्दा कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो । 

विशेष गरी ग्याष्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघा, खोकी ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ८ : ०७ बजे