हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

नेपाली नागरिकताबाट च्यूत गरिए ब्रिटिस–गोर्खाहरु राज्यबिहिन हुन्छन्ः तामाङ

काठमाडौं । ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित गरिए उनिहरु राज्यबिहिन मात्रै नभएर देशलाई पनि ठूलो क्षति हुने संयोजक सुनबहादुर तामाङले बताएका छन् ।  
आइतबार संवाद डबलीमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान, बेलायत/नेपाल (बीजीएनसीसीसी–यूके÷नेपाल) का संयोजक सुनबहादुर तामाङले पत्रकार सम्मलेन गरेर संविधानमै ब्रिटिस गोर्खाहरुलाई नेपाली नागरिकताको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन् ।

तामाङले कानुमै ‘कुनैपनि नेपाली नगरिकले स्वच्छाले विदेशी नागरिकता लिएमा स्वत नेपाली नागरिकता कायम रहने छैन’ भन्ने उल्लेख भएकोले ब्रिटिस गोर्खालीहरुमा पनि लागु हुने र त्यसले नेपाल र स्वयम बेलायतमा बस्ने गोर्खालीहरु दुबैलाई घाटा पुग्ने उनको जिकिर छ । “स्वतः खारेज हुनेछ भन्ने संवैधानिक प्रावधानमा ‘गोर्खाली र तिनका सन्ततिहरुको हकमा भने लागु हुने छैन भन्ने मात्रै उल्लेख गरेको खण्डमा हामी सम्भावित खतराबाट बच्ने थियौं” तामाङले बताए ।

तामङले विश्वभर छरिएका अरु नेपाली नगरिक र ब्रिटिस गोर्खाहरुको प्रकृति फरक रहेको धारणा राख्दै भने,“ब्रिटिस–गोर्खाहरु आफ्नो सोइच्छाले भन्दा देशको तत्कालिन आवश्यकताले ब्रिटस गोर्खामा भर्तिको प्रचलन स्थपित भएकाले राज्यले योगदानलाई बिर्सन हुँदैन ।”

नेपाली नागरिकताको निरन्तरता किन ?

सन् १८१६को सुगौली सन्धि ताका गोर्खाहरुलाई तात्कालिन नेपाल सरकारले बेलायती सेनामा पठाउने र त्यसको बदलामा तत्कालिन इष्ट इण्डीय कम्मनीले नेपालमाथि आक्रमण नगर्ने सर्त अनुसार सो प्रचलन चलेको तामाङको भनाई छ । यसरी नेपाली नगरिकताबाट बञ्चित गराईए गोर्खाहरु राज्य बिहिन मात्रै नभएर देशमा विभिन्न क्षति हुने उनको ठहर  छ ।

 विदेशी मुद्रामा नभित्रिने र पुँजी पलायन, गोरखालीहरुको बेलायत बसाई अशुरक्षित र राज्य बिहिन हुने खतरा, गोर्खालीहरु नेपालबाट लोप हुने तथा देशले दक्ष जनशक्ति गुमाउने, गोर्खा सैनिक भाडाका सैनिक र गुलामकारुपमा परिचित हुनुका साथै त्यसेले विश्वभर बहादुर गोर्खाहरुको पहिचान खराब हुनेलगायतका सम्भावित खतराबाट जोगाउन उनिहरुलाई नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने संयोजक तामाङको बुझाई छ ।

 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ४ : ५४ बजे