झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको कोसी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
प्रदेश कमिटी सचिवालय सदस्य होमबहादुर थापाका अनुसार आज बिहान ११ः०० बजे विराटनगरमा आयोजना हुने पार्टीको बैठकलाई सम्बोधन गरेर अध्यक्ष ओली आजै काठमाडौँ फर्कने तयारी छ ।
सिराहाको विष्णुपुरकट्टामा भदौ ९ गते आयोजना गरिएको पार्टीको सचिवालय बैठकमा सहभागी हुन भदौ ८ गते विराटनगर जानुभएका अध्यक्ष ओली प्रतिकुल मौसमका कारण बैठक स्थगित भएपछि झापा जानुभएको थियो ।
झापामा शनिवार पार्टीका कार्यकर्ताहरूको भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो ।
प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार ९ : ०७ बजे
प्रतिक्रिया