मन्थली विमानस्थलमा पानी पस्यो

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

​​​​​​​काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दै छ ।

बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।

विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन २०८० पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

साथै, बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेस गर्नुहुनेछ । 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : ४५ बजे