मन्थली विमानस्थलमा पानी पस्यो

वर्तमान सत्ता गठबन्धनले बारम्बार संविधान मिच्याे : झलनाथ खनाल

काठमाडौँ।  पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको सिकार नेकपा (एकीकृत समाजवादी) बन्नु नहुने बताएका छन् ।​

शनिबार काठमाडौँमा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले बारम्बार संविधान मिचिरहेको आराेप लगाए ।

खनालले कोशी प्रदेशबारे सर्वोच्च अदालतले दुई पटकसम्म संविधान विरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो ? भन्दै प्रश्न गरे । उनले गठबन्धनले नै संविधानको एक पछि अर्को उल्लंघन गरिरहेको भन्दै यसबारेमा पार्टी क्लीयर हुनुपर्ने बताए ।

‘हामी संविधानको रक्षा गर्ने भन्छौँ तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एक पछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, कोशीमा त दुई पटक संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ ? हाम्रो पार्टी क्लीयर हुनुपर्छ,' उनले भने, 'हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको सिकार हुनु हुँदैन ।’

 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : ०७ बजे