साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

दिलिपलाई उषासँग नचाँउदै प्रमोद खरेलले पस्कीए यौन, रक्सी र प्रेमको कथा

काठमाडौं ।  गायक प्रमोद खरेलको स्वरमा यौन रक्सी र प्रेमको उन्मादले भरिएको नयाँ गीत सार्वजनिक भएको छ ।  ‘यस्तै हो जमाना, घटघटी गंगा जमुना’बोलको नयाँ गीत  यौन, रक्सी र प्रेमले भरिएको डान्सिङ्ग फ्लेवरको गीत हो । 

गंगा जमुना नाम दिएर प्रमोद खरेलको युट्युव च्यानलबाट सार्वजनिक  गरिएको गीतमा राजेन्द्र थापाको शब्द  र  शम्भुजित बास्कोटाको सङ्गीत रहेको छ। गीतमा  ‘यो मन, त्यो मन पाकेपछि, काफल गेडी च्याँखेपछि, लाज सरमका रेसमी भित्ता सब भत्काउन मन लाग्छ ।’ जस्ता रोमान्टिक शब्दहरुलाई गायक प्रमोदले इनर्जेटिक आवाजले सुमधुर बनाएका छन् ।  

युवापुस्ताको कुरकुरे बैंसलाई समुधुर स्वरमा पस्किएको गीतको भिडियोसमेत निक्कै  इनर्जेटिक देखिन्छ । सार्वजनिक भएको केही समयमै लाखौंले हेरिसकेको  गीतको भिडियोमा    प्रमोद खरेल, दिलीप रायमाझी, अञ्जली अधिकारी र उषा उप्रेतीको जिवन्त अभिनय देख्न सकिन्छ ।  पुरना पुस्ताका कलाकार दिलिप रायमाझी  र नयाँ पुस्ताकी उषा उप्रेतीलाई डान्सिङ अवतारमा उतारिएको  भिडियोको निर्देशन तथा सम्पादन  मिलन विश्वकर्माले गरेका हुन  । राजीव समरको कोरियोग्राफीमा तयार भएको भिडियो  बुद्ध थापाले खिचेका हुन।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १२ : १५ बजे