मन्थली विमानस्थलमा पानी पस्यो

मेलम्ची नदीमा आएको भीषण बाढीले विद्यालय भवन बगायो  

सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको मेलम्ची नदीमा आएको भीषण बाढीले हेलम्बुस्थित एक विद्यालय भवन बगाएको छ ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका—४ ग्यालथुमस्थित सरस्वती माध्यमिक विद्यालयको भवन मेलम्ची मेलम्ची नदीमा आएको भीषण बाढीले बगाएको हो ।

शुक्रवार बिहान सोही विद्यालयका दुई वटा पक्की शौचालय बगाएको थियो । 

मेलम्ची नदीले धार परिवर्तन गर्दै शौचालय बगाउनका साथै विद्यालय भवनमा पनि कटान सुरु गरेपछि विद्यालयले फर्निचर लगायतको भौतिक सामाग्रीहरू दिउँसो नै सुरक्षित ठाउँमा स्थानान्तरण गरिसकेको थियो ।

निरन्तर वर्षाको कारण मेलम्चीमा आएको बाढीले शुक्रवार बेलुकी भवन पनि बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

मेलम्ची नदीमा जल सतह बढ्दै गएको र विद्यालयसँगै रहेको ग्यालथुम बजार पनि जोखिममा रहेको हुनाले स्थानीयलाई सजग र सुरक्षित स्थानमा रहन प्रहरीले अनुरोध पनि गरेको छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ७ : २० बजे