हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध

मुग्लिन (चितवन) – पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।  

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको हो ।

    अहिले पहिरो पन्छाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । पहिरोका कारण काठमाडौँ जाने सवारी साधनहरू मुग्लिन र काठमाडौँबाट  मुग्लिनतर्फ आउने सवारी साधनहरू कुरिनटारमै रोकिएका छन् । 

रासस 
 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ८ : ४९ बजे