धरानमा निषेधाज्ञा जारी

​​​​​​​विराटनगर । ​​​​​​​सुनसरीको धरानमा प्रशासनले आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।   जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार राति १२ बजेदेखि शनिवार राति १२ बजेसम्म निषेधाज्ञा लगाइनुका साथै धरान प्रवेशमा कडाइ समेत गरिएको छ ।

धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । त्यसैको प्रतिकारमा उत्रने संभावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : ५९ बजे