हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

२२ बर्षीया महिला नारायणी नदीमा हाम फालेर बेपत्ता

डाकोट । विहिबार साँझ ८ वजे नारायणी नदीमा हामफालेर बेपत्ता भएकी महिलाको परिचय खुलेको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नवलपरासीको सरावल गाँउपालिका वडा नं. १ सालबास बस्ने २२ बर्षीया गंगा कुमारी फौजदार (थारु) नदीमा हाम फालेर बेपत्ता भएकी हुन् ।

प्रहरी निरीक्षक हस्तबहादुर सुनारका अनुसार पुलमा झोला र आफुले प्रयोग गर्ने मोबाइल राखेर ति महिला नदीमा हाम फालेको देखिएको छ । प्रहरीले बेपत्ता महिलाको खोजीकार्य भैरहेको भएपनि हालसम्म अवस्था पत्ता लगाउन सकेको छैन ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : २७ बजे