स्वास्थ्य बिमा सेवाबाट २६ वटा अस्पताल हटाइयो

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले २६ वटा निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा हटाइएको छ । 

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यपछि २६ वटा अस्पतालहरूबाट स्वास्थ्य बिमा बोर्डमार्फत् प्रदान गर्दै आएको बिमा सेवा हटाइएको बोर्डले जनाएको हो । 

बजेटपछि आफैँले सेवा बन्द गरेका र सम्झौता अवधि समाप्त भइ नवीकरण नभएका अस्पतालहरूलाई बोर्डले हटाइएको छ । 

बिमा सेवा हटाइएकामा बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर झापा, लाइफ लाइन अस्पताल झापा, नोबेल मेडिकल कलेज मोरङ, विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल मोरङ, चितवन मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज बाँके, फत्तेवाल आँखा अस्पताल बाँके, गेटा आँखा अस्पताल कैलाली, राप्ती आँखा अस्पताल दाङ, शुभ स्वस्तिक हस्पिटल प्रालि महोत्तरी, लुम्बीनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पाल्पा, युनाइटेड मिसन हस्पिटल पाल्पा, नेसनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पर्सा, लुम्बीनी आइ इन्स्टिीच्युट एण्ड रिसर्च सेन्टर रुपन्देही छन् ।

त्यस्तै बिमा सेवा हटाइएकामा फूलकुमारी महतो मेमोरियल हस्पिटल सिराहा, सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, सप्तर्षि हस्पिटल सिरहा, नेपालगञ्ज मेडिकल कलेज हस्पिटल बाँके, जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल धनुषा, जानकी मेडिकल कलेज धनुषा, घोडाघोडी हस्पिटल कैलाली, लाल रत्न हस्पिटल कैलाली, नवजीवन हस्पिटल कैलाली, आइ केयर सेन्टर खोटाङ,मनमोहन मेमोरियल समाुदायिक अस्पताल मकवानपुर र देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टर रुपन्देही छन्  ।   

 स्वास्थ्य बिमा कार्यक्रम लागु भएका ४५७ स्वास्थ्य संस्थाबाट २६ वटा अस्पतालहरु घटेका छन् । 

हाल बिमा कार्यक्रममा ७१ लाख ७५ हजार ५२७ नागरिक आवद्ध छन् । 

​​​​​​​

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : २६ बजे