दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ड्युटीमा खटिएका प्रहरी निरीक्षक (इन्स्पेस्क्टर) माथि बन्चरो प्रहार

झापा । झापामा ड्युटीमा खटिएका प्रहरी निरीक्षक (इन्स्पेस्क्टर) माथि बन्चरो प्रहार गरेको आरोपमा तीन जना समातिएका छन् । 

ईलाका प्रहरी कार्यालय झिलझिलेको प्रमुख रहेका इन्स्पेक्टर युवराज कटुवाललाई बञ्चरोले हानेको आरोपमा शिवसताक्षी नगरपालिका-९ का ३६ वर्षे अशोक पोखरेल, ३२ वर्षे अरुण तामाङ र ३३ वर्षे लक्ष्मण टुडुलाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रणका लागि खटिएका कटुवाल नेतृत्वको टोलीमाथि उनीहरुले आक्रमण गरेको बताइएको छ । 

हिजो साँझ लागुऔषध सेवन गरिरहेको भन्ने सुराकी पाएपछि इन्स्पेक्टर कटुवालको नेतृत्वमा सादा पोशाकमा प्रहरी टोली खटिएको थियो । त्यसक्रममा उनीहरुले ब्राउनसुगर सेवन गरी मे.४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही तरिकाले चलाएको र त्यसलाई नियन्त्रण गर्ने खोज्दा इन्स्पेक्टर कटुवालको टाउकोमा ताकेर बन्चरो हानिएको बताइएको छ । 

बञ्चरो प्रहारबाट घाइते भएका कटुवाललाई स्थानीय दूधे मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ । पक्राउ परेकाबाट प्रहरीले १ सय मिलिग्राम ब्राउनसुगर बरामद गर्नुका साथै थप अनुसन्धान गरिरहेको जनाएको छ

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : २५ बजे