हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

युवा सङ्घका अध्यक्ष थेबेमाथि आक्रमणको प्रयास

काठमाडौँ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेमाथि जसपा नेता आङ्काजी शेर्पाका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।

युवा संघका इन्चार्ज महेश बस्नेतका अनुसार थेवेमाथि युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबीसे गाउँपालिका जाने क्रममा ढुंगामुढा भएको हो ।

जसपा नेता आङकाजी शेर्पाको उक्साहटमा नियोजित रुपमा आक्रमण प्रयास भएको भन्दै सरकारले अराजकहरुलाई नियन्त्रण नगरे प्रतिरोधमा उत्रिने चेतावनी बस्नेतले चेतावनीसमेत दिनुभएकाे छ । 

कोशी प्रदेशको नामाकरणको विरोधमा रहेका पहिचानवादीहरुले पछिल्लो समय नेकपा एमालेका नेताहरुमाथि निरन्तर आक्रमणको प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ३ : २४ बजे