सुनको मूल्यमा नयाँ कीर्तिमान

टस हारेर ब्याटिङ गर्दै नेपाल, विजयी भए सिधै फाईनलमा पुग्ने

काठमाडौं । जारी महिला टि–२० आई सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

बायोमास ओभलमा भएको टस जितेर मलेसियाको कप्तानले पहिला फिल्डिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपालले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य प्लेईङ –११ मा परेकी छन् भने ईश्वरी विष्ट बेन्चमा बसेकी छिन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा नेपाल अपराजित रहँदै फाइनल खेल्नेछ । यदि नेपाल पराजित भएमा भने नेटरनरेटमा निर्भर रहनेछ ।

हङकङ पनि ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । आज नेपाल पराजित भएमा तीन टोलीको समान ४ अंक हुनेछ र नेटरनरेटको आधारमा माथि रहेको टोलीले फाईनलको यात्रा गर्नेछ ।

नेपालको प्लेइङ ११:

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ र अश्मिना कर्माचार्य र खुशी डंगोल ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १२ : २३ बजे