हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

लोकतान्त्रिक तामाङ सङ्घले बृहत् सांस्कृतिक कार्यक्रमसहित १७ औँ स्थापना दिवस मनाउने

काठमाडौँ । लोकतान्त्रिक तामाङ सङ्घले यही भदौ १० गते आफ्नो १७ औँ स्थापना दिवस मनाउने भएको छ । 

बिहीबार राजधानीमा बसेको सङ्घको पाचौं पदाधिकारी बैठकले यही भदौ १० गते आफ्नो १७ औँ स्थापना दिवस मनाउने निर्णय गरेको अध्यक्ष दावा दोर्जे तामाङले जानकारी दिनुभयो । 

नेकपा एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय तुलसीलाल प्रतिष्ठान,च्यासलमा स्थापना दिवस मनाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । 

बैठकले स्थापना दिवस समारोह सम्पन्न गर्न कार्य विभाजन गरेको छ । अध्यक्ष तामाङका अनुसार स्थापना दिवस बृहत् सांस्कृतिक कार्यक्रमसहित मनाउन लागिएको हो ताम्बा,लामा,बोन्बोहरुको झाँकीका साथै कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथ कार्यक्रम भव्य बनाइने छ । 

सङ्घले कार्यक्रममा सहभागी सबै तामाङहरूलाई जातीय पहिचान सहितको पोसाकमा सहभागी हुन  अपिल गरेको छ । 

पाँचौँ पदाधिकारी बैठकमा वर्तमान राजनीतिक अवस्था,९ गते बस्ने सङ्घको केन्द्रीय समिति बैठकमा लैजाने एजेन्डा र स्थापना दिवस भव्य बनाउने विषयमा छलफल भएको महासचिव कृष्ण लामाले बताउनुभयो । 

गत फागुनमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट पुनः नेतृत्वको जिम्मेवारी पाएका दावा दोर्जे तामाङ नेतृत्वको सङ्घले आफ्नो क्रियाशीलता बढाएको छ । सङ्घले बागमती प्रदेश लगायत अन्य प्रदेशहरूमा सम्मेलन आयोजक कमिटी गठन गरिसकेको छ भने स्थानीय तह र वडा–वडासम्म आफ्नो सङ्गठन विस्तार गर्ने नीति लिएको छ ।

तामाङ जातिको मुक्ति तथा समग्र मुलुककै विकास,समृद्धिका लागि तामाङहरूलाई नेकपा ९एमाले० मा एकताबद्ध गराउन भूमिका खेल्ने उद्देश्यले २०६३ सालमा नेकपा (एमाले)को विचार निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको घटक सङ्गठनको रूपमा लोकतान्त्रिक तामाङ सङ्घ गठन भएको हो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ९ : ३५ बजे