मन्थली विमानस्थलमा पानी पस्यो

भुसुनेको जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गा । ओखलढुङ्गाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । 

बिहीबारदेखिको अविरल वर्षाका कारण जिल्लाको माने भन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको जानकारी दिनुभयो । 

सडक अवरुद्ध भएपछि ओखलढुङ्गा र सोलुखुम्बुबाट राजधानी काठमाडौँ र तराईका जिल्लाका लागि छुटेका सवारी ओखलढुङ्गाको मिलन चोक रमाइलो डाँडा क्षेत्रमै रोकिएका छन् । निरन्तरकोे वर्षाका कारण जिल्लाभरका ग्रामीण सडकमा पहिराको जोखिम बढेको छ । अधिकांश सडक अवरुद्ध छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ९ : २८ बजे