हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

पहिरोले कान्तिलोक पथ अवरुद्ध

मकवानपुर । कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टे डाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।   

मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो गएको स्थान मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्दछ ।

यसैगरी त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानी सडक खण्डमा यातायात सञ्चालन भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो । 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ९ : ०५ बजे