मन्थली विमानस्थलमा पानी पस्यो

एमाले अध्यक्ष ओली आज विराटनगर जानुहुँदै

काठमाडौँ । तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुन लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदै हुनुहुन्छ ।

एमाले मोरङका अध्यक्ष ऋषी पोखरेलका अनुसार दिउसो १२ः०० बजे अध्यक्ष ओली विराटनगर अवतरण गर्ने कार्यक्रम छ । त्यसपछि भेडियारीमा रहेको विराट राजाको दरबार निरीक्षणमा जाने कार्यक्रम रहेको छ । त्यसपछि दिउँसो पार्टी कार्यकर्ताहरूसँग आन्तरिक भेटघाट र साँझ ५ः०० बजे होटल ह्यारिसनमा उद्योगी व्यवसायीहरूसँग अन्तरक्रियाको कार्यक्रम रहेको छ ।

पोखरेलका अनुसार भोलि हुने सचिवालय बैठकमा सहभागी हुन अन्य नेताहरूसहित बिहान अध्यक्ष ओली सिराहातर्फ जानुहुनेछ । 

सिराहाको धनगढीमाई नगरपालिकामा रहेको विष्ण्पुरकटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ । 

२०४६ साल भदौ ९ देखि १४ गतेसम्म यही स्थानमा नेकपा मालेको चौथो महाधिवेशन भएको थियो । महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिवमा निर्वाचित गरेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ८ : ३९ बजे