मन्थली विमानस्थलमा पानी पस्यो

स्वार्थ समूह हाबी हुँदा सञ्चार मन्त्रायलमा कानून बनाउन समस्या भयोः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी हुँदा कानून बनाउन समस्या भएको बताउनुभएको  छ । 

बिहीबार मिडिया एड्भोकेसी ग्रुपले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले सञ्चार मन्त्रालयमा धेरै स्वार्थ समूहहरू भएकाले कानून निर्माणमा समस्या भएको बताउनु भयो । उहाँले साइबर ऐन तथा सूचना सम्बन्धी विधेयक बनाउन विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताउनु भयो । उहाँले मन्त्रालयमा कुनै एउटा विषयमा कानून बनाउन छलफल सुरु हुने बित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानुनको अपव्याख्या सुरु गरेको बताउनु भयो । उहाँले कानुनको अपव्याख्या र खरो रूपमा प्रहार गर्ने गरिएको भन्दै मन्त्रालयमा बसेर कानून बनाउन नसक्ने भन्ने अवस्था बनाउने गरेको दाबी गर्नुभयो।  उहाँले सरकारले ल्याउन लागेको सूचना सम्बन्धित विधेयकमा सामाजिक सञ्जाल सम्बन्धी ऐन पनि समेटिएकाले उक्त कानुनको विषयमा छलफल गर्दा सबैको फोन ट्यापिङ भइसक्यो भन्ने रूपमा बाहिर हल्ला गरिएको बताउनु भयो। उहाँले उक्त कानून बनाउन स्वार्थ समूहको कारण अगाडि बढाउन नसकेकाले थन्काएर राखिएको बताउनु भयो ।  

उहाँले भन्नुभयो,‘पहिला पनि सामान्य काम भएको  हो । त्यहाँ यति धेरै इन्ट्रेष्ट ग्रुप (स्वार्थ समूह) हुने थिएन । त्यहाँ कानून बनाउँदा कर्मचारीको स्वार्थ हुने थियो । तर सञ्चार मन्त्रालयमा यति धेरै प्रकारका स्वार्थ समूहहरू हुँदा रहेछन् । एउटा कानून बनाउन थाल्यो भने स्वच्छ मनले काम गर्न खोज्यो कहीँ कहीँ त्यो कानुनले कसैलाई छाई हाल्दो रहेछ । कसलाई छोयो भन्ने थाहा हुँदैन । त्यसको एउटा अंश झिकेर बनाउन लागेको कानुनलाई अपव्याख्या गरेर अर्कै ढङ्गले प्रहार हुन्छ । त्यो प्रहारले सञ्चार मन्त्रालयले कानून बनाउन सकिँदैन भन्ने जस्तो फिल हुन्छ । सूचना सम्बन्धी विधेयकमा सामाजिक सञ्जालसम्बन्धी ऐन समेटिएको रहेछ । त्यो कानुनको विषयमा मन्त्रालयले छलफल मात्रै के गरेको थियो । सबैको फोन ट्यापिङ भइसक्यो भन्ने ढङ्गले बाहिर छलफल भयो । त्यसलाई कानून बनाउन नकेर थन्काएका छौँ । फेरि एक पटक स्टेकहोल्डरहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउनु पर्छ । कानून बनाउन यस्ता धेरै समस्याहरू छन् । स्टेक होल्डरहरूसँग के आवश्यक हो कहाँ के लेख्ने भनेर छलफल गर्ने प्रयासमा रहेका छौँ । एउटा एउटा विषयमा छलफल गरे ऐन पास गरेर जाने विषयमा छलफल गरेका छौँ ।’

मन्त्री शर्माले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा एक पटक स्टेक होल्डरहरूसँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउने बताउनु भयो । उहाँले मन्त्रालयले कानून बनाउन विभिन्न समस्या झेलिरहेको बताउनु भयो । उहाँले मन्त्रालयले छुट्टाछुट्टै विषयमा विधेयक ल्याएर कानून बनाउने तयारी गर्न आवश्यक देखिएको बताउनु भयो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ४ : ०९ बजे