साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सहनपर्ने सहिसकेँ, प्लिज मलाई नगिजोल्नुस् : समीक्षा अधिकारी

काठमाडौं । अस्ट्रेलियाको भिसा रद्द भएको खबर फैलिएसँगै गायिका समीक्षा अधिकारीले आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।​ बिहीवार दिउँसो फेसबुकमा स्टाटस लेख्दै समीक्षाले आफ्नो बदनाम गराउन खोजिएको बताएकी छन् । सत्य तथ्य नबुझी आफूमाथि प्रहार गरिएको उनको आरोप छ ।

‘अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नुपर्ने स्थितिमा मैले पठाई सकेकी छु । भएको यति हो’ उनले भनेकी छन् ।

आफ्नो दिदी अस्ट्रेलियाको नियममा रहेर त्यहाँ पढ्दै गरेको समीक्षाले बताएकी छन् ।

उनले लेखेकी छिन् ‘म ब्ल्याक लिस्टमा परेको भन्ने खबर सरासर झुटो हो । मलाई अहिले तीज कार्यक्रमको लागी दिदी बहिनी इभेन्टले बोलाएको हो । म १८ वर्ष पुगिसकेको छु र मैले गार्जियन एप्लाई गरेको छु भन्ने कुरा सरासर झुटो हो । यस्ता भ्रामक समाचारमा विश्वास नगरिदिनुहुन विनम्र आग्रह गर्दछु ।’

समिक्षाले आफ्नो भिषा निवेदनमा फाइनान्सको केही डकुमेन्ट थप गर्नु पर्ने भनिएको र आफूले त्यो पठाइसकेको उल्लेख गरेकी छन् ।

‘भएको यति हो । म एउटा अँध्यारो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनुहुन्छ ? मैले भोग्नुपर्ने भोगिसकेँ । सहनपर्ने सहिसकेँ । प्लिज मलाई नगिजोल्नुस ।’

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ३ : १२ बजे