सुनको मूल्यमा नयाँ कीर्तिमान

विमान दुर्घटनामा रुसी निजी सैन्य समूह वाग्नरका प्रमुखको मृत्यु

काठमाडौं ।  रुसको निजी सैन्य समूह वाग्नर ग्रुपका प्रमुख एभगेनी प्रिगोजिनको विमान दुर्घटनामा निधन भएको छ । 

बुधवार वाग्नर समूहको निजी सैन्य कम्पनीका नेता एभगेनी प्रिगोजिनको मो नजिकैकको तेवेर  क्षेत्रमा भएको विमान दुर्घटनामा निधन भएको हो । उनीसहित १० जनाको पनि दुर्घटानामा निधन भएको छ । विमान दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको बताइएको छ ।

रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचिमा एभगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  २ : १५ बजे