मन्थली विमानस्थलमा पानी पस्यो

शनिवारदेखि मौसममा सुधार आउने

काठमाडौँ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिवारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

 महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रवारसम्म  झरी जारी रहनेछ । विशेष गरी कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

“आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिवारदेखि पशिचम क्षेत्रबाट मौसम सुधार हुँदै जानेछ”, मौसमविद् पौडेलले भन्नुभयो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

     दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

साथै रातिको समयमा कोसी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । शुक्रवार दिउँसो देशभर बदली रही कोसी, बागमती र लुम्बिनी प्रदेशका  केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  शनिवार पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ९ : १७ बजे