देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चन्द्रयान सफल अवतरण : एमाले अध्यक्षद्वारा भारतलाई बधाई

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिनुभएको छ । 

पूर्व प्रधानमन्त्री ओलीले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भए लगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको हो । 

भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधवार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको थियो । 

“ बुधवार भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ, यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतवासी सबैलाई बधाई । पूर्वीय ज्ञानले विज्ञानका क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौँ”, उहाँले भन्नुभएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ६ : ३८ बजे