हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चन्द्रयान ३ अवतरण गरेको भन्दै केपी ओलीको पेजबाट भ्रामक पोस्ट

​​​​​​​काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक आइडीबाट चन्द्रयान ३ चन्द्रमामा अवतरण गरेको भन्दै भ्रामक पोस्ट भएको छ ।

अध्यक्ष ओलीको आधिकारिक फेसबुक आइडीबाट चन्द्रयानलाई सफलतापूर्वक अवतरण भइसकेको भन्दै स्ट्याटस लेखिएको हो । जबकी चन्द्रयान अबको करिब चार घण्टापछि अर्थात  बुधबार बेलुका ६ः०४ (भारतीय समय अनुसार)  चन्द्रमाको दक्षिण धुव्रमा अवतरण गर्ने बताइएको छ ।  

“आज भारतको चन्द्र यान – ३ चन्द्रमाको दक्षिणी ध्रुव (South pole) मा अवतरण गरेको छ,” उनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा लेखेका छन्, “यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई !”

 फेसबुक आइडीबाट अगाडि लेखिएको छ , “पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं ।”

चन्द्रमाको दक्षिण धुव्रमा अवतरण गर्ने सो क्षेत्र निकै जोखिमयुक्त भएकाले सफल हुन्छ वा हुँदैन भन्नेमा वैज्ञानिक पनि अनविज्ञ छन् ।  

हाल उक्त स्ट्याटस हटाएको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ३ : २३ बजे