माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ ।

 सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरुभएको हो  ।

सदन खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले राष्ट्रिय मान्यता प्राप्त दलको बैठक बोलाउनुभएको हो  । मंगलबारको बैठकमा एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएका कारण स्थगित भएको थियो ।

आजको बैठकमा अध्यक्ष ओली सहभागी हुनुहुन्छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, मुख्य सचेतक रमेश लेखकलगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

आजको बैठकमा जसपा र रास्वपाका भने प्रमुख सचेतक मात्र सहभागी हुनुहुन्छ । अध्यक्ष रवि लामिछाने र उपेन्द्र यादव भने बैठकमा सहभागी हुनुहुन्न । राप्रपाका बुद्धिमान तामाङ बैठकमा सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १२ : २२ बजे