काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, उद्वार कार्य जारी

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ ।

गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभयाे ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।

उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण आइसकेको छैन।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १२ : १७ बजे