काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ रहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार ११ : १३ बजे
प्रतिक्रिया