माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

सुशासनको गफ दिनेहरूले निष्पक्ष रूपमा काम गर्न नसक्दा देशमा थुप्रै समस्याहरू उत्पन्न भएको छ : महासचिव पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सङ्घीयताको चर्को कुरा गर्नेहरूबाटै सङ्घीयतालाई कमजोर बनाउने काम भइरहेको बताउनुभएको छ । 

सुर्खेतको वीरेन्द्रनगरमा आज पत्रकारहरूसँग ‘कफी र कुरा’ अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले नेकपा माओवादी केन्द्र र मधेसवादी दलहरूले नेतृत्व गरेका मन्त्रालयबाट नै सङ्घीयता तल लैजान नखोजेको बताउनुभयो ।

कर्णाली जस्ता भौतिक पूर्वाधार अभावले पछाडि परेका क्षेत्रमा पर्याप्त लगानी गर्न समेत विभेद गरिएको उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले कर्णालीको समृद्धिका लागि नेतृत्वको विकास आवश्यक मात्र होइन, अपरिहार्य रहेको बताउनुभयो । 

कर्णालीको  समृद्धि विना देश समृद्ध हुन नसक्ने भन्नुहुँदै उहाँले कर्णालीबाट राष्ट्रिय राजनीतिको नेतृत्व गर्ने लायकका नेताको उत्पादनका लागि समेत नेकपा एमालेले कसरत गरिरहेको बताउनुभयो । 

उहाँले सुशासनको गफ दिनेहरूले नै निष्पक्ष रूपमा काम गर्न नसक्दा देशमा थुप्रै समस्याहरू उत्पन्न भएको बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी काण्ड जस्ता अन्य ठुला ठुला काण्डको सत्य तथ्य छानबिन गराउन दबाब स्वरूप संसद् अवरुद्ध गर्नुपरेको उल्लेख गर्नुहुँदै उहाँले ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरूलाई घर–घरमा गएर अनुसन्धान तथा बयान लिएकोमा सीआइबीको समेत आलोचना गर्नुभयो ।   

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १० : २५ बजे