माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

राष्ट्रिय दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । 

बैठक आज बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने भएको हो । 

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मङ्गलवार बस्न नसकेको बैठक आज बस्न लागेको हो । 

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।  

यसअघि, सोमबार राति बसेको शीर्ष नेताहरूको बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेको थियो । 

आजको बैठकमा मस्यौदा समितिले ड्राफ्ट शीर्ष नेतालाई बुझाउने र शीर्ष नेताले त्यसलाई अन्तिम रूप दिने तयारी छ ।  

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ८ : ०० बजे