हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

पहिरो पन्छ्याएपछि नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन (चितवन) ।  पहिरोका कारण अवरुद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।  

केहीबरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो ।  

चितवनको  ईच्छाकामना– ६  नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको  थियो ।  पहिरो हटाएसँगैँ सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका  छन् ।  पहिरोका कारण नरायणगढ –मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।  
 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  २ : ३६ बजे