बर्दिबासमा सवारी दुर्घटना हुँदा बाबू छोरी समेत तीन जनाको मृत्यु

 महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका २ हङकङ डाँडास्थित औरही सडक खण्डमा सवारी दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ । 

दुर्घटनामा परी बर्दिबास ८ हात्तीलेटका ५५ वर्षीय बुवा उपेन्द्र महतो र उहाँकी २२ वर्षीया छोरी रविनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

इलाका प्रहरी कार्यलय बर्दिबासका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार रविनाको सोमवार साँझ ७ बजेतिर ट्रमा सेन्टर बर्दिबासमा तथा बुवा उपेन्द्रको जनकपुरस्थित प्रादेशिक अस्पतालमा मङ्गलवार राति २ बजे उपचारको क्रममा मृत्यु भएको हो । 

त्यस्तै बर्दिबास ५ पूर्वपश्चिम लोकमार्गस्थित टुटेश्वरको जङ्गलमा भुस्सा बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना६ख ४६७८ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट चन्द्रपुर २ पौराही राई टोलका ६६ वर्षीय कुलबहादुर राई रहेको इलाका प्रहरी कार्यलय बर्दिबासले जनाएकाे छ। 

बर्दिबास प्रहरीले दुर्घटनामा संलग्न चालकसहित दुवै सवारीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १ : ५२ बजे