काठमाडौँ । बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’को बयान लिएको छ ।
पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री टकलालाई नख्खु कारागारको थुनाबाट झिकाएर महाराजगन्ज स्थित सिआईबीको कार्यालयमा बयान लिएको बताईएको छ ।
जनकपुर बम काण्डमा ५ वर्षदेखि नख्खु कारागारमा रहेका साहविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी राज्यमन्त्री हुँदा ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न देखिएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।
प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार १० : ११ बजे
प्रतिक्रिया