हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

वागेश्वर सरकारको विवादस्पद अभिव्यक्ति : नेपाल भारतको अभिन्न अंग हो

काठमाडौँ । भारतका धिरेन्द्रकृष्ण शास्त्री उर्फ बागेश्वर धाम सरकारले 'नेपाल भारतको एक अभिन्न अंग हो' भन्दै विवादस्पद अभिव्यक्ति दिएका छन् ।

नवलपुरस्थित शास्वत धाममा सञ्चालित हनुमन्त पुराण प्रवचनमा मुख्य प्रवचनकर्ता धिरेन्द्रकृष्ण शास्त्री उर्फ वागेश्वर सरकारले सार्वजनिक रूपमा 'नेपाल भारतको एक अभिन्न अंग हो' भन्दै नेपाल र नेपाली प्रतिको सार्वभौमिकता माथि अनर्गल र भ्रामक अभिव्यक्ति दिएका हुन् ।

नेपालमा आएर नेपालको सार्वभौमिक अस्मिता र पहिचानको अवमूल्यन गर्दै नेपाल भारतको एक अभिन्न अंग हो भन्नुको तात्पर्य नेपाल भारतको भूगोलभित्रको एउटा भाग हो भन्ने आशययुक्त भ्रामक सन्देश फिजाइएकोप्रति घोर आपत्ति र निन्दनीय अभिव्यक्तिले सम्पूर्ण राष्ट्रप्रेमी, देशभक्त नेपाली जनसमुदायमा गहिरो चोट पुगेको छ ।

अर्बपति विनोद चौधरीको निमन्त्रणामा नेपाल आएका प्रवचनकर्ता धिरेन्द्रकृष्ण शास्त्री उर्फ वागेश्वर सरकारले कार्यक्रममा तिर्थालु भक्तालु र दर्शनार्थीको वहानामा अधिकांश भारतीय नागरिकहरू भित्राएर नेपाली भूमीमै बसेर नेपालीलाई पागल र नेपाललाई भारतको अंगको संज्ञा दिएर ताली पिटाएको थियो ।

नेपाल र नेपालीको भावनामाथी भारतीय सेलिब्रेटीहरुवाट पटक पटक यस्तै किसिमको सिलसिलेवर रूपमा प्रहार हुँदै आएको छ । 

​​​​​​​

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : १० बजे