सुनको मूल्यमा नयाँ कीर्तिमान

चीनको सिचुवानमा भीषण वर्षापछि ६ जना बेपत्ता

चेङ्दु – सोमबार बिहानैदेखि परेको भारी वर्षापछि दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको लिआङ्शान यी स्वायत्त प्रान्तको एउटा गाउँमा छ जना बेपत्ता भएका छन् ।  उनीहरूको खोजी कार्य भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

सोमबार बिहान करिब ५ बजेको समयमा भारी वर्षाले जिनयाङ काउन्टीको देङचाङ गाउँमा खोलाको छेउमा रहेको राजमार्ग निर्माण स्थलमा बाढी प्रवेश गरेको थियो ।  । स्थानीय सरकारले दिएको जानकारी अनुसार  त्यहाँ  ८५ जना मानिस थिए । 

दिउँसो १:३० बजेसम्म ७९ जनाको उद्धार गरिएको छ ।

जिन्याङ काउन्टीले खोज र उद्धार कार्यका निम्ति ५०० भन्दा बढी  उद्धारकर्मीहरू परिचालन गरेको छ ।  

रासस-सिन्ह्वा

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ६ : ०४ बजे