हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

अपडेट : भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंबाट पक्राउ

काठमाडौँ । भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् । विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरू सुधारगृहमा थिए ।

आइतबार सुधारगृहमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए । प्रदर्शनकै मौका छोपेर सुधारगृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए । त्यसमध्येका ८४ जनालाई प्रहरीले पुन: नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले भागेकामध्ये ६० भन्दा बढीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको बताए । भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ । २०० भन्दा बढी व्यक्ति सुधारगृहबाट भागेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ४ : ३४ बजे