भक्तपुरमा गोली चल्यो

भक्तपुर – मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बाल सुधार गृहमा गोली चलेको छ ।

सुधार गृहमा भएका बन्दीहरुले प्रहरी माथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिती नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । घाईते बन्दी मध्ये एक जना गम्भिर घाईते छन भने दुई जनाको स्थिती सामन्य रहेको छ र उनीहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।

रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको सुधार गृहमा आइतवार बिहान मृत्यु भएपछि आफन्तले सुधार गृह बाहिर नारावाजी र प्रदर्शन गरेका थिए ।

सुधार गृह भित्रका बन्दीहरुले नाराबाजी गर्दै मुलढोका फोडर बाहिर निस्किने क्रममा प्रहरी माथि नै आक्रमण गरेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । 

बन्दीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए । सुधार गृहमा महिला बन्दीहरु भने भागेका छैनन् ।

प्रहरीले फारार रहेका बन्दीहरु मध्ये करिव २० जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ३ : ३२ बजे