साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

सामाजिक जागरणमा योगदान पुर्याउदै आएको कमेरे उर्जाशील युवा समूहको साधारणसभा सम्पन्न : अध्यक्षमा विमल

काठमाडौँ । कमेरे ऊर्जाशील युवा समूहको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । 

काभ्रेको नमोबुद्ध नगरपालिका-०५ ,कमेरे गाउँका युवाहरूको सक्रियतामा गत वर्ष साउन १४ गते स्थापना भएको सो समूहमा विभिन्न पेसा व्यवसायमा संलग्न करिब ३ दर्जन भन्दा बढी सदस्यहरू रहेका छन् । 

युवाहरूमाझ वित्तीय जागरण ल्याउने, स्वरोजगार सिर्जना गर्ने र युवाहरूको अगुवाइमा सामाजिक-सांस्कृतिक जागरण अभियान सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको सो समूहका संस्थापक अध्यक्ष विमल लामाको अध्यक्षतामा ललितपुरको कुपण्डोलमा आयोजित प्रथम साधारण सभाले स्थापना वर्षको प्रगति प्रतिवेदन माथि समीक्षा गर्नुका साथै आगामी वर्षका लागि नीति तथा  योजना पारित गरेको छ । साधारण सभाले कोषाध्यक्ष सुनिल लामाद्वारा प्रस्तुत आगामी वर्षको कोष सञ्चालन नीति समेत सर्वसम्मत पारित गरेको छ । 

साधारण सभाका प्रमुख अतिथि एवम् सञ्चारकर्मी अमरध्वज लामाले 'सामाजिक आर्थिक रूपान्तरणका लागि युवाहरूको सामूहिक अभ्यास' विषयमा सदस्यहरूलाई प्रशिक्षण दिनु भयो । उहाँले कमेरे गाउँको गरिबी निवारणका लागि समूहले अपनाउनुपर्ने भावी रणनीतिक योजनाका बारेमा चर्चा गर्नु भयो । 

कमेरे ऊर्जाशील युवा समूहले स्थापना वर्षमा सञ्चालित सामूहिक बचत कार्यक्रमबाट अढाइ लाख रकम सङ्कलित गरिएको छ । कमेरेबाट काठमाडौँ आइ विभिन्न पेसा व्यवसायमा आबद्ध युवाहरूले प्रत्येक महिनाको पहिलो शनिवार भेला, छलफल र मासिक बचत कार्यक्रम गर्दै आइरहेका छन् । समूहले गर्भवती महिलाको सुरक्षित सुत्केरी, दुर्घटना तथा आकस्मिक उपचारमा आर्थिक सहयोग प्रवाह गर्दै आएको छ । त्यसै गरी, वैदेशिक रोजगारीमा जाने सदस्यका लागि भइपरी आउने सहयोग तथा अभिमुखीकरण कार्यक्रम समेत गर्दै आएको छ । 

शनिवार सम्पन्न प्रथम साधारण सभाले विमल लामाको अध्यक्षतामा एक वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा धनकुमार लामा, पुष्पलाल श्रेष्ठ र विनोद लामा चयन हुनु भएको छ । त्यसै गरी, समूहको सचिवमा सुनिल लामा, सहसचिव त्रिलोक वाइबा र कोषाध्यक्षमा सुनिल लामा (बल) लाई सर्वसम्मत चयन गरिएको छ । 

त्यस्तै, सदस्यहरूमा ः धनध्वज लामा, ज्ञानध्वज लामा, सलामसिंह लामा, मदनकुमार लामा, काजीमान लामा, जीवन लामा, रोज तामाङ, सरोज लामा, आकाश लामा, युवराज वाइबा, मोहन लामा, नवाङ लामा, इन्द्रमान तामाङ र आसिक लामा चयन हुनु भएको छ । 

त्यसै गरी, सल्लाहकार समितिमा  अमरध्वज लामा, उपेन्द्र विक्रम लामा र साइला वाइबालाई नयाँ कार्यकालका लागि चयन गरिएको छ। 

दोस्रो पटक अध्यक्ष निर्वाचित लामाले कमेरे गाउँका सबै घरधुरीलाई समूहमा समेट्ने योजना सुनाउनु भयो । उहाँले छिमेकी गाउँहरू बोहोरे, ठोक्रेमा समेत सदस्यता विस्तार गरी गाउँमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने, स्वरोजगार कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारसँग साझेदारीता गर्ने र युवाहरूलाई नेतृत्व विकास, समूह व्यवस्थापन र सामाजिक जागरणका विषयमा विभिन्न तालिमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

कमेरे ऊर्जाशील युवा समूहका सह सचिव त्रिलोक वाइवाले सञ्चालन गर्नु भएको साधारण सभामा सल्लाहकार उपेन्द्र लामा र साइला वाइबाले नव निर्वाचित कार्यसमितिलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै समूहको दीर्घ जीवनका लागि आवश्यक सुझावहरू राख्नु भयो । 

सेतो (कमेरो) माटोको विशाल खानी रहेको कमेरे गाउँ ऐतिहासिक पर्यटकीय तेमाल क्षेत्रको फेदमा अवस्थित छ । बिपी राजमार्गमा अवस्थित भकुन्डेवेंशी बजारदेखि करिब ९ किलो मिटर पूर्व र काठमाडौँदेखि करिब ६० किलोमिटर दूरीमा रहेको यो गाउँ  पूर्वाधार विकासमा पछाडि परेकाले यसलाई नमोबुद्ध नगरपालिकाको कर्णाली भनेर भन्ने गरिन्छ । 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ५ : ०९ बजे